Logo

अर्थनीति

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित


GDP नेपाल
   २२ असार २०८१, शुक्रबार


काठमाडौँ ।  राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । उनले भने, ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’ सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको थियो ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह