Logo

बिजनेस होम

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा संयुक्त राष्ट्रसंघ ३.० आयोजना


gdpnepal
   २२ असार २०८१, शुक्रबार


काठमाडौँ । स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलले बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्रसंघ (SG MUN ) ३.० को भव्य समारोहको साथ शुक्रबार उद्घाटन गरेको छ ।

विद्यार्थीहरूलाई कक्षाकोठा र किताबका सीमित दायराहरूभन्दा बाहिर ल्याई विद्यार्थीहरूको जीवनोपयोगी विभिन्न सीपहरू विकास गर्न, उनीहरुको दृष्टिकोण र ज्ञानको क्षितिज फराकिलो बनाउन र विश्वव्यापी समस्या र तिनका समाधानमा अर्थपूर्ण योगदान दिनको लागि एउटा महत्वपूर्ण अवसर सिर्जना गर्ने उदेश्यले विद्यालयले नमुना संयुक्त राष्ट्र संघ ३.० को आयोजना गरेको हो ।

अधिश बिनोद पोखरेल निर्देशक रहेको उक्त कार्यक्रममा कक्षा १० र हालै SEE उत्तीर्ण गरेका विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रममा उपत्यकाका ३५, उपत्यका बाहिर पोखरा र नेपालगञ्जको २ विद्यालय गरी जम्मा ३७  विद्यालयका २०० प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको छ  । यस वर्ष भारतको एउटा विद्यालयबाट समेत विद्यार्थीहरुको उपस्थिति रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वक्ता UN राष्ट्रिय सूचना अधिकारी सिम्रिका शर्माले “विश्व नै भोकमरी, गरिबी, युद्धका कारणले धेरै बालबालिकाहरु शिक्षा , स्वस्थका साथै अन्य विभिन्न आधारभूत आवश्यकताहरुबाट बञ्चित भएको बताउनुभयो ।” यी समस्याहरुलाई सम्बोधन गर्नका लागि यस्ता कार्यक्रमहरुले विभिन्न देशहरुको समस्या पहिचान र समाधान गर्न ठुलो सहयोग पु-याउने कुरामा जोड दिंदै यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्ने विद्यालयलाई धन्यवाद दिंदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सहभागी प्रतिनिधिहरुलाई प्रेरणादायी शब्दहरु मार्फत प्रभावकारी ढंगले सहभागी हुनका लागि हौसला समेत प्रदान गर्नुभयो। 

विद्यालयकी प्राचार्य नेहा के.सीले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमहरू निकै प्रभाकारी हुने बताउनु भयो । स्वस्तिश्री गुरुकुल नमुना संयुक्त राष्ट्रसंघ ३.० का महासचिव सियरा शुभाङ्गिनी बजगाईले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले प्रमुख अतिथिलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । Model United Nations (MUN) संयुक्त राष्ट्रसंघ र यसका विभिन्न अङ्ग र समितिहरूको गतिशील नमुना बैठक हो ।

तीन दिन लगातार रुपमा सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC), संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC), संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP), संयुक्त राष्ट्र महिला (UNW), विश्व स्वाथ्य संगठन (WHO), संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् (UNSC)  अन्तर्राष्ट्रिय प्रेस (IP)  जस्ता समितिमा रही विश्वका विभिन्न समसामयिक बिषयमा गहन  रुपमा छलफल गर्नेछन् । विभिन्न राष्ट्रहरूका प्रतिनिधिहरूको भूमिकालाई मूर्तरूप दिँदै विद्यार्थी प्रतिनिधिहरूले वास्तविक विश्वका मुद्दाहरूमा रहेका समस्याको समाधानहरू समेत पहिल्याउनेछन् ।

भव्य रुपमा सुरु भएको यस कार्यक्रम यही  असार २४  आइतबार समापन हुनेछ । उद्घाटन समारोहलाई अग्रता विष्ट र साईशराज वन्तले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह