काठमाडौं । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तबीच एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्थाबीच ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो ।
दुवै लघुवित्तलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।
हाल समताको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ भने र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । मर्जपछि रेसियो अनुसार दुवै कम्पनीको पुँजीलगायतका सूचकहरु पनि सोही अनुसार समायोजन हुनेछ ।
प्रतिक्रिया