काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन दिनुपर्ने छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया