Logo

विकास / पूर्वाधार

वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु


GDP नेपाल
   २६ असार २०८१, मंगलबार


काठमाडौं । शुक्रबार रातिदेखि परेको अबिरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु भएको छ ।

चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग आज खुलेको हो । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए । यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ति भोग्नु परेको थियो ।

कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड, गाल्जे पिली, गगन खोला, एसमोड र हुल्म बजारलगायत १५ ठाँउमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको थियो ।

कर्णाली राजमार्ग अवरुद्ध हुदाँ सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू पनि अलपत्र परेका थिए ।

प्रकाशित : २६ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह