काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संघसस्थाले ७ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सेयरको न्यूनतम मूल्य २९९ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया