Logo

बिजनेस होम

नेपाली बजारमा भित्रियो गोल्डेन ड्रयागनको विद्युतीय भ्यान, मूल्य ५७ लाख


GDP नेपाल
   २७ असार २०८१, बुधबार


काठमाडौँ । नेपाली बजारमा गोल्डेन ड्रयागनको विद्युतीय भ्यान सार्वजनिक भएको छ । अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाल भित्र्याएको हो ।

उक्त विद्युतीय भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ । यो भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ ।

कम्पनीका अनुसार एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ। गोल्डेन ड्रयागनका भ्यानहरु हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेका छन् ।

त्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल भित्र्याउने तयारी भइरहेको जानकारी गराएको छ ।

अर्क्स ग्रुपले यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने बताएको छ ।

यस्तै, गोल्डेन ड्रयागनका भ्यानहरु पर्यावरणमैत्री मात्र नभई यसले सञ्चालन खर्चमा पनि कमी ल्याउने कम्पनीले जनाएको छ ।

प्रकाशित : २७ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह