Logo

बैंक / बिमा /शेयर

विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि, ११ महिनामा १३ खर्ब भित्रियो


GDP नेपाल
   २७ असार २०८१, बुधबार


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स १९.३ प्रतिशतले बढेको हो ।
गत वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

प्रकाशित : २७ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह