Logo

बैंक / बिमा /शेयर

विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब


GDP नेपाल
   २७ असार २०८१, बुधबार


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा विदेशी मुद्रा सञ्चिति २७.८ प्रतिशतले बढेको हो ।

गत वर्षको यसै अवधिमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो ।

डलरको आधारमा हालको सञ्चिति उच्च हो। हाल यस्तो सञ्चिति १४ अर्ब ७१ करोड डलर छ।

चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।

प्रकाशित : २७ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह