काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तबीच आजबाट एकीकृत कारोबार सुरु भएको छ ।
‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ नामबाट मर्जरपश्चात दुई लघुवित्तबीच कारोबार सुरु भएको हो । यी दुई लघुवित्तलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।
यस्तै, गत चैत १८ गते मर्जरका लागि दुई संस्थाले अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ ।
प्रतिक्रिया