Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय सम्झौता


GDP नेपाल
   २८ असार २०८१, बिहिबार


काठमाडौं । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड र जापानिज भाषा विद्यालय संघ नेपाल ९जाल्सान० बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा उपलब्ध गराउने उद्देश्यले उक्त त्रिपक्षीय सम्झौता भएको हो ।

समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान चाहने विद्यार्थीलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास तीनै पक्षको छ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजातसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पछि बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी आइएमईले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीको कलेज शुल्क, भिसा शुल्क लगायतका भुक्तानीका लागि बैंक तथा जाल्सानसँग समन्वय गरी सहजता प्रदान गर्ने जनाइएको छ । जापान गए पछि विद्यार्थीले आफ्नो देशमा आइएमईबाटै सजिलैसँग पैसा पठाउन सक्नेछन् ।

 

 

प्रकाशित : २८ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह