Logo

बैंक / बिमा /शेयर

साउन ४ गतेदेखि एफपीओ जारी गर्दै सूर्योदय वोमी लघुवित्त


GDP नेपाल
   २८ असार २०८१, बिहिबार


काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताहरूमा ‘फरदर पब्लिक अफर’ ९एफपीओ० जारी गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि रु १०० अङ्कित मूल्यको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सर्वसाधारणमा जारी गर्ने भएको हो ।

इच्छुक लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।

एफपीओका लागि नेपाल धितोपत्र बोर्डबाट असार २३ गते स्वीकृति पाएको जनाएको कम्पनीले उक्त एफपीओको विवरण पत्र नेपाल राष्ट्र बैङ्कमा असार २४ गते र कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वरमा असार २५ गते दर्ता भइसकेको समेत कम्पनीले जानकारी दिएको छ ।

साउन २४ गते निष्कासन हुने कम्पनीको एफपीओ साउन ८ गतेसम्म बिक्री हुनेछ । तोकिएको समय सीमा भित्र एफपीओ बिक्री नभएमा भने कम्पनीले समय थप्न सक्नेछ ।

 

प्रकाशित : २८ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह