Logo

मुख्य समाचार

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध


GDP नेपाल
   २९ असार २०८१, शुक्रबार


हेटौंडा । लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दुरीको राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएका कारण हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पूर्णरुपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

ठूलो पहिरो भएका कारण तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

‘हामीले स्थानीय तह र सडक डिभिजनसँग सहकार्य गरेर बाटो खुलाउने प्रयास गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

प्रहरीले काठमाडौं आउजाउका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको बाटो प्रयोग गर्न आग्रह गरेको छ । उक्त बाटो पूर्णरुपमा सञ्चालनमा रहेको छ ।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह