काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा जो कोही व्यक्ति वा संघ सस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया