काठमाडौँ । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरूमा ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा लोन उपलब्ध गराउने भएको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको हो ।
यो सुविधा उपयोग गर्न इच्छुक ग्राहकहरूले बैंकबाट सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित सजिलै एनएमबि सुलव अटो लोन लिन सक्नेछन् ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया