काठमाडौं । सुप्रसिद्ध पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठ नेपालको प्रसिद्ध र विलासी द्वारिकाज होटेलका सञ्चालक हुन् ।
पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।
श्रेष्ठ नेपालको पर्यटन, मिडिया र सांस्कृतिक सम्पदा संरक्षण लगायतका क्षेत्रमा सक्रिय थिइन् । नेपालस्थित स्पेनको महावाणिज्य दूतावासको प्रमुखको रुपमा रहेकी उनको विाह द्वारिका प्रसाद श्रेष्ठसँग भएको थियो ।
पतिको सन् १९९१ मा निधन भएपछि उनले पूर्ण रूपमा जिम्मेवारी सम्हालिन् र आजको दिनमा होटलको प्रतिष्ठा र सद्भावनालाई उच्च राखेकी छथइन।
उनी महिला उद्यमीहरुका लागि कामको अवस्था सुधार गर्न सक्रिय थिइन् ।
९१ वर्षीय श्रेष्ठ सन् १९३३ को फेब्रुअरीमा जन्मिएकी हुन् ।
अम्बिकाको जन्म भारतको सिक्किममा भए पनि विवाह भने नेपालमा भएको थियो । उनको माइती भने भक्तपुर हो । उनका हजुरबुबाका पनि हजुरबुबा कोतपर्वमा रातारात भागेर सिक्किम पुगेका थिए । त्यसयता उनको परिवार सिक्किम बस्न थालेको बताइन्छ ।
सिक्किमे भारद्वार खलक चोग्याल दरबारमा सोझो सम्बन्ध बनाएको थियो उनको परिवारले । सिक्किममा बसे पनि उनलाई नेपाली भाषा बोल्न राम्रोसँग आउँथ्यो । त्यहाँ बस्ने अधिकांश नेपाली समुदाय नै थिए । उनका ठूलोबुबा हरिप्रसाद प्रधान नेपालका प्रथम प्रधानन्यायाधीश हुन् ।
भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढेकी थिइन्। उनले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सम्मको अध्ययन गरेकी छन्।
उनले महामहिम राजा जुआन कार्लोस प्रथम (स्पेन) बाट क्रस अफ द अर्डर अफ सिभिल मेरिटको अलंकार प्राप्त गरेकी छिन्।
प्रतिक्रिया