Logo

मुख्य समाचार

काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल


GDP नेपाल
   ४ श्रावण २०८१, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले सरकार निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने भन्दै दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् ।

उनले भने,‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छु । समस्या आइसकेपछि समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ । निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुपर्छ । निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछ । समस्याको आगो तापेर बस्दैन्, समाधान गरेर अघि बढ्छ । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ ।’

उनले सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको पनि जानकारी दिए ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह