काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६ हजार ८४८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा सूर्योदय वोमीका अन्य विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा अन्य सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया