Logo

विकास / पूर्वाधार

निर्माण व्यवसायीका लागि सजिलो वातावरण बनाउछु: सिंह


GDP नेपाल
   ८ श्रावण २०८१, मंगलबार


काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार मन्त्रालयमा निर्माण व्यवसायी महासंघका टोलीहरुसँगको भेटमा उनले व्यवसायीहरुको समस्या भनेको देशको संरचनका कारण समस्या भएको भन्दै व्यवसायीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण निर्माण गर्न सरकारले पहल गर्ने बताए ।

उनले भने, ‘कुराभन्दा पनि काम गरेर देखाउने हो । व्यवसायीहरुको भौतिक निर्माणमा एकदमै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीलाई समस्या भएमा सरकारलाई पनि गार्हो हुन्छ । त्यसकारण काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्नेतर्फ पहल गर्छु ।’

प्रकाशित : ८ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह