काठमाडौं । बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ४८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक अन्य विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया