Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   १० श्रावण २०८१, बिहिबार


काठमाडौं । सूर्योदय वोमी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।


सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।


तसर्थ, एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् ।

सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।


साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएकाले साउन २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह