Logo

अर्थनीति

मुख्यसचिवमा गड्तौला नियुक्त, योजना आयोगमा डा.अधिकारी


GDP नेपाल
   १० श्रावण २०८१, बिहिबार


काठमाडौं । नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ ।’

यस्तै, उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको छ जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. शिवराज अधिकारी पाल्पा, सदस्यहरूमा डा ।आरती विसार महोतरी, डा. रमेश प्रसाद सिंह धनुषा, डा.प्रकाश कुमार श्रेष्ठ अर्घाखाँची, श्रीमती गिता कुमारी पौडेल अधिकारी झापा, डा।जय बहादुर टण्डन अर्घाखाँची, गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गर्ने निर्णय गरेको ।’

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह