काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । नीतिगत दरलाई ५।५ बाट ५ प्रतिशतमा झारिएको छ । बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ ।
यस्तै, ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ ।
त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएको छ ।
प्रतिक्रिया