Logo

अर्थनीति

भौतिक संरचनामा सुधार गर्न आवश्यक: गृहमन्त्री लेखक


GDP नेपाल
   १३ श्रावण २०८१, आइतबार


काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताएका छन् । आज सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । र यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ । भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ । बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ । त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’

साथै लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे । उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताए ।

साथै उनले अहिलेको समयमा अपराधका घटनाहरु धेरै बढेको बताए । उनले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको बताए ।

प्रकाशित : १३ श्रावण २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह