Logo

बैंक / बिमा /शेयर

लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोषमा नाफाको ३ प्रतिशतसम्म रकम छुट्याउनुपर्ने


GDP नेपाल
   १४ श्रावण २०८१, सोमबार


काठमाडौं ।  लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा मुनाफाको ३ प्रतिशत रकम छुट्याउनुपर्ने भएको छ । 

अहिलेसम्म लघुवित्तहरूले यस्तो कोषमा खुद मुनाफाको १ प्रतिशत मात्रै जम्मा गर्नुपर्ने व्यवस्था थियो । 

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै मुनाफाको तीन प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । 

संशोधित व्यवस्थाअनुसार आगामी तीन वर्षमा नाफाको ३ प्रतिशत यस्तो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भएको छ । २०८२ असारमा खुद मुनाफाको १.५ प्रतिशत, २०८३ असार मसान्तमा २ प्रतिशत र २०८४ असार मसान्तमा ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

यद्यपि, राष्ट्र बैंकले वार्षिक १५ प्रतिशतभन्दा धेरै नगद वा शेयर बोनस वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था यथावत् राखेको छ ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह