Logo

मुख्य समाचार

भ्रष्टाचार आरोपी विवादास्पद व्यवसायी पण्डितको बसेरा होटलमा एमाले बैठक !


gdpnepal
   १७ श्रावण २०८१, बिहिबार


काठमाडौं । मंगलबार रातिको भारी वर्षाका कारण च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय भवन डुबानमा परेपछि बिहीबार सचिवालय बैठक होटलमा आयोजना गर्नुपर्यो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टी बैठक नगर्ने ‘सकारात्मक’ निर्णय गरेका छन् । तर, बैठकका लागि उनले छनोट गरेको होटलले भने त्यो सकारात्मक ऊर्जामा संशय पैदा गरेको छ ।

एमाले सचिवालय बैठक सिंहदरबारको दक्षिणी गेट नजिकै रहेको होटल बसेरामा जारी छ । बुटिक होटलतर्फ पाँचतारे स्तरको यो होटल लामो समयदेखि एमाले निकट रहेका धादिङका व्यवसायी विशाल पण्डितको हो ।

पण्डित देशैभर स्वास्थ्य उपकरणमा ठूलो चलखेल गर्ने मुख्य पात्र मानिन्छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दायर गरेको छ ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो ।

पण्डित कोभिडको बेलामा पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् । उनीविरुद्ध करिब तीन करोड बिगो मागदाबी गरिएको छ ।

प्रकाशित : १७ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह