काठमाडौं । फेदीखोला हाइड्रो पावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकका विचमा फेदीखोला ९थुम्लुङ्ग० जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ५० करोड राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यही श्रावण महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आर्थिक वर्ष भित्रमा गरिने लक्ष रहेको छ ।
२०८२ असोज भित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदीको निर्माण सम्पन्न भएको छ र सिभिल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया