काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न संघको २०औं साधारण सभाले मारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन्। यस्तै, महासचिवमा राजाराम खड्का, कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा तथा संघको आमन्त्रित सदस्यमा राजन कुमार झा सर्वसम्मत चयन भएका छन्।
साथै, संघको सल्लाहकारमा पुरुषोत्तम लाल संघई, पशुपति मुरारका र साहिल अग्रवाललाई मनोनीत भएका छन्।
प्रतिक्रिया