Logo

बैंक / बिमा /शेयर

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट


GDP नेपाल
   २० श्रावण २०८१, आइतबार


काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट आएको छ।

बैंकको अपरिष्कृत वित्तिय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफामा करिब १६ करोड रुपैयाँले कमी आएको हो ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुल ब्याज आम्दानी १३।४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।


अघिल्लो वर्षको यसै अवधिमा यसले ५ अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ ।


प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा छ । यसको खराब कर्जा भने बढेर २.१४ प्रतिशत पुगेको छ । आधारदर घटेर ६.६० प्रतिशतमा आइपुगेको छ ।

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह