Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंक व्यवसाय विस्तारमा एग्रेसिभ, पुँजीकोषमा थप सुधार


GDP नेपाल
   २० श्रावण २०८१, आइतबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को अपरिस्कृत वित्तीय विवरण अनुसार सन्तोषजनक व्यापार गरेको छ ।


बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन र कर्जा विस्तार दुबैमा उल्लेख्य वृद्दि गर्न सफल भएको छ । बैंकले गतवर्ष १९ अर्ब १६ करोड ७४ लाख निक्षेप संकलन गर्न सफल भएको छ ।


बैंकले आर्थिक वर्ष २०७९/०८० मा १७ अर्ब १९ करोड ५६ लाख निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्ष भन्दा गतवर्ष १ अर्ब ९७ करोड १७ लाख अर्थात ११.४७ प्रतिशत बढि निक्षेप संकलन गरेको हो ।
बैंकले कर्जा विस्तारमा पनि उत्कृष्ट लय समातेको छ । गत वर्ष १५ अर्ब ७५ करोड ८७ लाख कर्जा विस्तार गरेको बैंकले अघिल्लो, वर्षको तुलनामा गतवर्ष ९.७६ प्रतिशतले कर्जा विस्तार बढाएको हो । अघिल्लो वर्ष १४ अर्ब ३५ करोड ७३ लाख कर्जा विस्तार गरेको थियो ।


बैंकको बेसरेट एकल अंकमा ल्याउन सफल भएको छ । अघिल्लो वर्ष १०.५१ प्रतिशत रहेको बेसरेट गतवर्ष एकल अंक अर्थात ८.२६ प्रतिशतमा ल्याउन सफल भएको छ ।

यसैगरी, कर्जा निक्षेपको अनुपात (सिडि रेसियो) ८१.८४ प्रतिशत कायम गरेको छ ।
सिडी रेसियो अघिल्लो वर्षको तुलनामा ०.५६ प्रतिशतले घटेको हो । बैंकले तरलता अनुपात (लिक्वयुडिटि रेसियो) अघिल्लो वर्षको तुलनामा १.७९ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष तरलता अनुपात २६।२७ रहेकोमा गतवर्ष २८.०६ प्रतिशत कायम भएको छ ।


बैंकको कूल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार गरेको छ ।

यस्तै, पूँजी पर्याप्तता अनुपातमा समेत सुधार गरेको छ । बैंकले गतवर्ष १ अर्ब ३४ करोड २४ लाख खुद नाफा आम्दानी गरेको छ ।
यो अघिल्लो वर्षको तुलनामा केहि कमि हो बैंकले अघिल्लो वर्ष १ अर्ब ८६ करोड खसद नाफा कमाएको थियो । १४ अर्ब २० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड रुपैयाँ छ ।


बैंकको खराब कर्जा बढेर ४.०७ प्रतिशत कायमा भएको छ । बैंकको वितरण योग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ छ ।

यस्तै, लाभांस वितरण गर्ने क्षमता ४.३४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले असारसम्मको सावाँ ब्याज साउन मशान्तसम्म संकलन भए गत वर्षकै नाफामा राख्न पाउने व्यवस्था गरेको छ । तर बैकले राष्ट्र बैकले दिएको सुविधा प्रयोग नगरी पहिले नै वित्तीय विवरण सार्वजनिक गरेको हो ।


यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह