Logo

बिजनेस होम

टाटा ‘एक्सप्रेस–टी’ ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा


GDP नेपाल
   २४ श्रावण २०८१, बिहिबार


काठमाडौँ । टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ ।

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी चार्जिङ्ग स्टेसन थप गरिएको हो । ग्राहक सुविधाहरु थप तथा सेवा सञ्जाल बिस्तार कार्यअन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालक हरुले मन पराएका छन्। नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।

एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिंग, साथै १६०,००० कि मि सम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ ।


खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ । र छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह