Logo

विकास / पूर्वाधार

चिनियाँ नाकासम्म सडक विस्तार गर्न पालिका प्रमुख छिरिङ्ग क्याप्ने लामाको आग्रह


GDP नेपाल
   २९ श्रावण २०८१, मंगलबार


मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा र चिनियाँ सीमा नाका प्रमुख शुचि चिनबीच भेटवार्ता भएको छ ।

मंगलबार चीनको ह्यजिमारमा चलिरहेको हाटबजारमा सो भेटवार्ता भएको गाँउपालिकाका सूचना तथा प्रविधी अधिकृत सोबेन्द्र बहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले दुबै देशले सीमासम्म सडक विकास गर्नुपर्ने बताए ।

यस्तै, उनले भेटवार्तामा दुवै देशका जनतालाई सहज वातावरण सिर्जना गर्नको लागि स्थायी रुपमै नाका खोल्न नेपाल सरकारसँग पहल गर्ने भन्दै चिनियाँ सीमा नाका प्रमुखलाई पनि पहल गर्न प्रस्ताव गरेका थिए ।

सीमा नाका हेर्ने स्थानीय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै नेपालसँगको नाका स्थायी रुपमै खोल्न र सडकलगायत अन्य पूर्वाधार बनाउन पहल गर्ने प्रतिबद्धता गरेको पनि मल्लले जानकारी गराए ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह