Logo

कर्पोरेट-बजार

आइएमई अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ: अध्यक्ष ढकाल


GDP नेपाल
   ३० श्रावण २०८१, बुधबार


काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई अहिले पैसा पठाउने कामकै पर्याय बनेको बताएका छन् ।

आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै ढकालले नेपाल र नेपाली रहेका विश्वका कुना कुनामा आइएमई पहिलो रोजाई र अहिले पैसा पठाउने कामकै पर्याय बन्न सफल भएको बताएका हुन् ।

“नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ,” उनले भने ।

अध्यक्ष ढकालले आइएमई स्थापनको सुरुवाति दिनहरु स्मरण गर्दे सो समयमा डलर कारोबारको अनुमती सहज नभएता पनि सानो पुँजी, विभिन्न किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य समस्याका बाबजुद यस व्यवसायले गति लिन सुरु गरेको बताए ।

उनले भने ,”निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरि सकेको थियो ।”
सु

रुवाति समयमा आइएमईबाट मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेको भएता पनि हाल भने मासिक २०० मिलियन डलरभन्दा बढी पुगेको उनले बताए ।

“आईएमई शुरूआतको समय करिब २० प्रतिशत मात्र रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ,” उनले भने, “हामीले आईएमई शुरू गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौं । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ । “

यस्तै, कम्पनीले अहिले बैंकिङ, केबलकार, होटल, जलविद्युत्, अटोमोबाइल, बीमा, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा लगानी गरेको ढकालले जानकारी दिए ।

सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै अगाडि बढेको बताउँदै उनले भने “हामी सरकारको नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ, राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउँदा होस् वा बिग मर्जरको नीति ल्याउँदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ ।”


यस्तै, अध्यक्ष ढकालले राष्ट्र बैंकले ल्याएको रेमिट कम्पनी मर्जर नीतिको कार्यान्वयनकर्ता बन्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आइएमई र जीएमई रेमिट कम्पनीबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ गरिएको बताए ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह