Logo

कर्पोरेट-बजार

चन्द्रागिरि हिल्सको नाफा ११ करोड २० लाख


GDP नेपाल
   ३१ श्रावण २०८१, बिहिबार


काठमाडौं । चन्द्रागिरि हिल्सले गत आर्थिक वर्षमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ९९ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको सञ्चालन आम्दानी १ अर्ब पुगेको छ । अघिल्लो वर्षमा यस्तो आम्दानी ९१ करोड ३४ लाख रुपैयाँ रहेको थियो । वित्तीय लागत २३ करोड १७ लाखमा झरेको छ । अघिल्लो आवमा यस्तो खर्च २८ करोड ५० लाख रुपैयाँ थियो ।


कम्पनीको प्रतिशेयर आम्दानी पनि दोब्बर भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ७ रुपैयाँ ३० पैसा थियो ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह