Logo

कर्पोरेट-बजार

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन: टंक प्रसाद पोखरेल चयन


GDP नेपाल
   ११ भाद्र २०८१, मंगलबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुन: टंक प्रसाद पोखरेल चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँकार्यसमिति चयन भएको हो ।


लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, वस्तुगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।


त्यस्तै, महासचिबमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन भएका छन् ।

सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम चयन भएको चेम्बरले जनाएको छ । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।

प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरुलाई कृषि पेशामा आर्कषित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ । मुलुकमा कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्य मन्त्री आचार्यले बताए ।

अधिवेशनलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह