Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ५३ हजार १०० रुपैयाँ


GDP नेपाल
   १२ भाद्र २०८१, बुधबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ रहेको थियो ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह