Logo

कृषि / सहकारी

चिया अक्सनका लागि अलग्गै नीति र केन्द्र आवश्यक: चियाविज्ञ गुरुङ


GDP नेपाल
   १३ भाद्र २०८१, बिहिबार


काठमाडौं । चिया विज्ञ एवम उद्यमी डा. नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुशी व्यक्त गरेका छन् । तर चियाको अक्सन एकदमै ढिला भएको उनले बताए ।

काठमाडौंको ठमेलमा हालै ‘टी स्टेसन इन्क’ले चिया प्रतिस्पर्धा एवम अक्सनको सुरुवाता गरेपछि डा.गुरुङले अक्सनका लागि नीति र विधि आवश्यक रहेको पनि बताए ।

‘यस्तो अक्सनले नेपाल र अन्तर्राष्ट्रिय बजारमा ठूलो फड्को मार्छ । चिया उत्पादन गर्ने र व्यापार गर्ने भएपनि अक्सनकाबारेमा अन्योलता थियो । यसको सुरुवात भएकोमा सबैलाई उत्साहित गराएको छ,’ उनले भने,‘नेपालमा दुई करोड ६० लाख किलो बार्षिक चिया उत्पादन हुन्छ । जापानमा मुलाको अक्सन हुन्छ तर नेपालमा चिया रोपण भएको डेढसय बर्ष नाघिसक्यो ।

किसानस्तरमा गएको ४० बर्ष नाघिसक्यो । अर्थोडक्सकै कुरा गर्ने हो भने ५०–६० लाख किलो उत्पादन भइरहँदा पनि अक्सन नै छैन मोनोपोली रुपमा व्यापार भइरहेको छ ।’

उनले अक्सन गर्ने पनि विधि र प्रक्रिया हुने गरेको एवम यसका लागि नीति आवश्यक हुने बताए । उनले भने,‘अक्सन गर्ने एउटा निश्चित स्थान चाहिन्छ । तौर तरिका चाहिन्छ । बिडिङ गर्ने वा टेस्ट गर्ने र स्तर निर्धारण गर्ने प्रक्रिया हुन्छ । सोही अनुसार मूल्य निर्धाण गर्ने भएकाले अक्सनका लागि अलग्गै नीति र केन्द्र आवश्यक छ ।’

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया गुणस्तरीय रहेको औंल्याउँदै चिनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने उनको बुझाइ छ । ‘वायरको मोनोपोलीकै आधारमा नेपाली चिया विक्री गरिनुरहनुपरेको छ । अक्सनमार्फत टी टेस्टिङ गराएर वायरहरुलाई ल्याएर प्रतिस्पर्धा गराउन सकियो भने नेपाली चियाले उचाइ लिनेछ ।’ डा।गुरुङले अक्सन मार्केटलाई अघि लैजान निजी र सरकार दुवैले सहकार्य गर्नुपर्ने सुझाव दिए ।

काठमाडौंमा पहिलो पटक आयोजना गरिएको टी च्यालेन्स एवम अक्सन केन्द्रमा इलामको जस्विरेमा सञ्चालित जस्विरे चिया प्रशोधन केन्द्रका सञ्चालक शरद सुब्बा ‘बेस्ट टी मेकर’ घोषित भएका थिए ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह