Logo

बिजनेस होम

टाटा मोटर्सको दसैंलाई लक्षित विभिन्न आकर्षक योजना सार्वजनिक


GDP नेपाल
   १३ भाद्र २०८१, बिहिबार


नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैंलाई लक्षित विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ।


जस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन्।
होम अप्लायन्स अन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टि।भी, माइक्रो वेब छन् भने ग्याजेट अन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ।
यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप रहेका छन्।

यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्।
यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।


सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरूको उत्साहलाई बढाई राख्न र उनीहरूको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ।


हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रक्रिया आएको उनले बताए। उनका अनुसार यो योजना असोज १४ गतेसम्म लागु हुनेछ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह