Logo

कृषि / सहकारी

मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौं: ठाकुर गैरे


GDP नेपाल
   १६ भाद्र २०८१, आइतबार


काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् ।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्र्तक्रिया, त्यसका लागी थुप्रै समितीहरु निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौं,तर पनि समस्या चाँही बिभिन्न रुपले यथावत छ ।’

साथै उनले मिटर ब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उनको भनाई छ ।

यस्तै उनले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धि घटना भैइसके पछि त्यो अवस्थामा एउटा व्यक्तीको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रकृयामा गयो अर्थात पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाँही कारोवार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिती छ त्यसमा हामीले टाइट हुनुपर्यो ।’

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह