Logo

कर्पोरेट-बजार

आर्थिक विकासका लागि नीतिगत स्थायित्व कायम गर्न महासंघको आग्रह


GDP नेपाल
   १७ भाद्र २०८१, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंग भेट गरेर पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ ।

सो भेटमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए ।

“महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,”अध्यक्ष ढकालले भने ।


यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष ढकालले आग्रह गरे । उनले सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनमा जोड दिए ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको तर्फ मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न माग गरे ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।


त्यस्तै, सो भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए भने उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न सुझाव दिए ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह