Logo

Uncategorized

राष्ट्रकवि माधव घिमिरेलाई उपचारका लागि भारत लगिंदै


appharu
   ९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । शताब्दि पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वाथ्य अवस्था सामान्य बन्न नसकेपछि उपचारका लागि भारत लगिने भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लैजान लागिएको हो ।

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको सल्लाहमा थप उपचारका लागि भारत लैजान लागिएको छ । आज बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उहाँकी बुहारी विजेता घिमिरेले बताइन् ।


गएको वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन । उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताएका छन ।

सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालमा छैन । घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लैजाने र घर फर्काउने क्रम चलिरहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह