काठमाडौँ । ड्रीम स्कीन केयर नेपालले त्रिसरा लाजिम्पाटमा नयाँ आउटलेट खोलेको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए-योङले सो आउटलेटको उद्घाटन गरेका हुन् ।
राजदूत पार्कले नेपाली बजारमा कोरियाली उत्पादनको उपस्थिति विस्तार गर्न सम्भावित भावी सहकार्यका लागि उत्साह व्यक्त गर्दै भने, “विश्वभर नै चर्चित रहेका कोरियन स्किन केयरका उत्पादनहरू नेपालमा देख्न पाउँदा म धेरै खुसी छु। हामीले यी उत्पादनहरू प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ र छोटो समयमा नतिजा प्राप्त गर्नका लागि विभिन्न चरणहरू पालना गर्नुपर्छ ।”
ड्रीम स्कीन केयर नेपालले काठमाडौँको मध्य बानेश्वर र त्रिसरा लाजिम्पाटमा गरी दुई वटा आउट लेटहरू खोलेको छ।
कम्पनीका निर्देशक दिलीप कुमार यादवले कार्यक्रममा प्राप्त भएको अत्यधिक सहयोगप्रति आभार व्यक्त गरे ।
उनले भने ,”हामी कोरियाली स्किन केयर, हेयर केयर र कस्मेटिकका गुणस्तरीय उत्पादनहरु आयात गर्छौ । यसका लागि हामीले भविष्यमा हाम्रा उत्पादनहरुको दायरा विस्तार गर्ने योजना बनाएका छौं। यस्ता प्रेरणादायी व्यक्तित्व राजदूत पार्क ताए- योङलाई कार्यक्रममा पाउँदा एकदमै हर्षित भएका छौं।”
ड्रीम स्कीन केयर नेपाल छोटो समयमा नै ग्राहक वर्गमा लोकप्रिय बन्न सफल भएको कम्पनी हो । यसले उच्च गुणस्तरको कोरियाली उत्पादनहरू नेपाली जनतामाझ पुयाउने र स्किन केयरमा नेपाल र कोरियाबिच बलियो सम्बन्ध बढाउने यात्रालाई निरन्तरता दिन तत्पर रहेको छ।
प्रतिक्रिया