काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले आउँदै गरेकोे दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गरी नयाँ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले ग्राहक योजनाअन्तर्गत ‘बिगेस्ट १०शैँ’ नामक अफर ल्याएको हो । यो योजनाअन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्न सक्नेछन् ।
‘दशैँलाई हामी बडादशैँ पनि भन्छौँ । बडादशैँलाई नामजस्तै भव्य र ठूलो बनाउने सोचअनुसार नै हामीले यो अफर ल्याएका हौँ । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालिको दशैँ अहिलेसम्मकै ठूलो र भव्य महसुस गर्ने हाम्रो विश्वास छ ।’
यामाहा नेपालका सीईओ संजीव शुक्लाले भनेका छन् । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिने बताइएको छ ।
यमाहाले आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ ।
यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेड भीथ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ ।
प्रतिक्रिया