Logo

बिजनेस होम

बजाजको ‘क्यास सफारी’ अफर सार्वजनिक


GDP नेपाल
   १९ भाद्र २०८१, बुधबार


काठमाडौं । बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्नो मोटरसाइकलमा ‘क्यास सफारी’ अफर दिएको छ ।

कम्पनीले ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा ल्याएको हो ।
आउँदै गरेको चाडपर्व लक्षीत स्कीममा मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।


त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी गराउने भएको हो ।

यस स्कीममा बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् । अहिले बजाजले पल्सर सिरिजमा १२५ देखि २५० सीसीसम्म, एनएस सिरिजमा १२५ देखि ४०० सीसीसम्मका मोटरसाइकल उपलब्ध छन् । त्यसको अलावा डोमिनार सिरिज र एभेन्जर मोटरसाइकल बिक्री गर्दै आएको छ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह