Logo

कृषि / सहकारी

सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ: मन्त्री अधिकारी


GDP नेपाल
   १९ भाद्र २०८१, बुधबार


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताएका हुन् ।

उनले भने,‘अहिले सहकारीप्रति विभिन्न किसिमका होहल्ला फिजाउने काम भएका छन् । कतिपय कुराहरु हामी नयाँ परिवर्तनमा आएका छौं । ऐनमा यो कुरा मिलेन अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति यो कुरा ऐनमा मिलेन, सुधारेर जानुपर्‍यो भन्नुपर्‍यो, तर ति कुराहरुलाई सुझावको रुपमा सहजिकरणको रुपमा र परिणाममुखी बनाउने रुपमा भन्दा सहकारी भनेको सबै खराब हुन भन्ने ट्रेन्ड चलिरहेको छ ।’

उनले सरकारले सहकारीका समस्या समाधान गर्नका लागि सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेको बताए ।

उनले भने,‘हामीले सहकारीका समस्या समाधान गर्नका लागि अहिले देखिएका सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेका छौं ।’

उनले काम गर्न खोज्दा खोज्दै पनि सिमित श्रोत र साधनको कारण काममा ढिलाई हुने गरेको गुनासो समेत गरे ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह