काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्जाइज टिमका मालिकको टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्जाइज टिमका मालिकको नाम सार्वजनिक गरेको हो।
सबैभन्दा महँगोमा टिम पोखरा बनेको र पोखरालाई नेपाल टी-२० प्रालिले ३ करोड ५७ लाखमा किनेको क्यानले जनाएको छ। दोस्रो महँगोमा टिम काठमाडौं बिकेको र यसलाई कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ किनेको छ।
त्यस्तै जनकपुरलाई ड्रीम स्पोर्ट्सले २ करोड ५ लाख, लुम्बिनीलाई फर्चुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ, चितवनलाई चितवन मेडिकल कलेजलाई १ करोड ७६ लाख १ हजार, सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ, विराटनगरलाई म्याड ड्रीम्स स्पोर्ट्सले क करोड ५१ लाख र कर्णालीलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको हो। क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्दैछ।
प्रतिक्रिया