Logo

बिजनेस होम

नेपाल पूर्वाधार सम्मेलनमा भारतीय थिंक ट्यांक डा. राजीव कुमार अतिथि वक्ता


gdpnepal
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को आयोजनामा हुन लागेको नेपाल पूर्वाधार सम्मेलनमा भारतीय नीति आयोगका पूर्व उपाध्यक्ष डा. राजीव कुमार अतिथि वक्ताका रुपमा सहभागी हुने भएका छन् ।

भदौ १३ र १४ गते काठमाडौंमा हुने नेपाल पूर्वाधार सम्मेलनमा डा. राजीव कुमार सहभागी हुने सुनिश्चित भएको परिसंघले जनाएको छ ।

नीति आयोगका पूर्व उपाध्यक्ष डा. राजीव कुमारले हालसालै सन् २०१३ मा उनले स्थापना गरेको थिंक ट्याङ्क संस्था पहेले इन्डिया फाउन्डेसनको अध्यक्षको रूपमा आफ्नो भूमिका पुनः सुरु गरेका छन् ।

भारतीय अर्थतन्त्रमा अद्वितीय बहुआयामिक व्यक्तित्वका रुपमा परिचित राजीव कुमारले यसअघि भारतको केन्द्रीय वित्त मन्त्रालयमा आर्थिक सल्लाहकारको रूपमा पनि काम गरिसकेका छन् । सन् २०१७ देखि २०२२ सम्म नीति आयोगको उपाध्यक्ष रहिसकेका उनको पद तत्कालीन क्याबिनेट मन्त्रीसरह थियो ।

राजीव कुमारले निजी क्षेत्रमा पनि काम गरेका छन् । सन् २००४ मै उनले भारतीय उद्योग परिसंघ (सीआईआई) को मुख्य अर्थशास्त्री र २०११ मा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) को महासचिवको रूपमा उनले काम गरेका थिए ।

डा. कुमारले लखनऊ विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडीसहित अक्सफोर्ड युनिभर्सिटीबाट डि. फिल गरेका छन् । उनलाई संसारका धेरै विश्वविद्यालयहरुमा डी.लिटबाट सम्मानित गरिएको छ ।

डा. राजीव कुमारले सन् २०१३ मा स्थापना गरेको ‘पहेले इण्डिया फाउन्डेशन’ भारतमा एक गैर–मुनाफामूलक नीति थिंक ट्याङ्कको रूपमा चिनिन्छ । यो सुरुदेखि नै ‘भारतलाई पहिलो बनाउन तथा भारतलाई पहिलो स्थान दिने’ भन्ने थिमबाट अभिप्रेरित रहेको छ ।

यसको उद्देश्य भनेको विश्वस्तरीय थिंक ट्याङ्क निर्माण गर्नु हो जसले नीति निर्माणमा समयसापेक्ष इनपुटहरूका लागि कठोर प्रमाण–आधारित विश्लेषणलाई पछ्याउँछ । जसले सरकार, उद्योग, शिक्षाविद् र नागरिक समाजलाई एकै ठाउँमा ल्याउनको लागि एक विश्वसनीय, भरपर्दो र तटस्थ नीति प्लेटफर्म पनि उपलब्ध गराउनेछ ।

पहेले इण्डिया फाउन्डेशनले सामयिक मुद्दाहरूमा सार्वजनिक कथालाई समृद्ध बनाउने अभियान पनि सुरु गरेको छ ।

 

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह