Logo

सेयर बजार

सेयर बजारमा २५ अंकको गिरावट, १० अर्बको कारोबार


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २५.४६ अंकले घटेर दुई हजार ७०१.९० विन्दुमा पुगेको छ ।

आज बैंकिङ २४, विकास बैंक ११४, फाइनान्स ४२, होटल तथा पर्यटन ९८, हाइड्रोपावर २०,
जीवन बीमा १९३, निर्जीवन बीमा १७६, अन्य २७ र ब्यापार उपसमूह ४६ अंकले घटेको छ ।
त्यस्तै, उत्पादन ३६ र माइक्रोफाइनान्स उपसमूह ६३ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर १० अर्ब १२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह