Logo

अर्थनीति

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यवस्था गरौं: अर्थमन्त्री


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताए ।

उनले भने,‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृद्धि बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ । त्यसका निमित्त आवश्यक कानुनी प्रवन्ध पनि गर्नुपर्छ । अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारवाही हुनुपर्छ । कानुनमा गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्‍यो ।’

अर्थमन्त्री पौडेलले बैङ्किङ्ग कसूरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने,‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ । दण्डमा सजाएको प्रवृत्ति निराधार हुनुपर्छ । यी दुई कुरामा हेक्का राख्नुपर्छ ।’

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह