Logo

बिजनेस होम

सीजीले ल्यायो दशैंमा १० अफर, सुनको सिक्का जित्न सकिने


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै नयाँ योजना “दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकले १० र१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समाबेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।
यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह